सावित्रा एक्लैले १२ गोल गर्दा एपिएफ २२-० ले विजयी

१९ माघ, काठमाडौं ।

फरवार्ड सावित्रा भण्डारीको १२ गोल मद्दतमा विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सावित्राले १२ गोल, कप्तान अनु लामाले ५,अनिता बस्नेतले ह्याट्रिक,सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए । एक पक्षीय बनेको खेलमा एपिएफले पहिलो हाफमा नै १२–० को फराकिलो अग्रत लिदा दोस्रो हाफमा १० गोल गरेको थियो ।

Advertisement

खेलको पाँचौ मिनेटमा सावित्रा भण्डारीको गोलबाट खाता खोलेको थियो । आठौं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । ११औं मिनेटमा अनु लामाले गोल गर्दै एपिएफलाई ३–० ले अघि बढाइन् ।

१४औं मिनेटमा अनुले गोल गरेपछि एपिएफ ४–० ले अघि बढ्यो । । १८औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरिन्। २०औं मिनेटमा अनुले ह्याट्रिक पुरा गर्दै एपिएफलाई ६–० ले अघि बढाइन् ।

२६औं मिनेटमा अनुले व्यक्तिगत चौथो गोल गरिन्। ३१औं मिनेटमा रेनुका नगरकोटीले गोल गर्दै खेललाई ८–० को फराकिलो स्थितिमा ल्याइन् । ३२औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेललाई ९–० को स्थितिमा ल्याइन् ।

३३औं मिनेटमा सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपिएफलाई १०–० ले अघि बढाइन् । ३४औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दै खेललाई ११–० को स्थितिमा ल्याइन् । ३८औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दै खेललाई १२–० ले अघि बढाइन् ।

४७औं मिनेटमा सावित्राले दोहोरो ह्याट्रिक पुरा गर्दै खेललाई १३–० को स्थितिमा पु¥याइन् । ४९औं मिनेटमा अनिताले गोल गर्दा टोली १४–० ले अघि रह्यो । ५५औं मिनेटमा सावित्राले व्यक्तिगत सातौ गोल थपिन् । ६२औं मिनेटमा सावित्राले व्यक्तिगत आठौं गोल गर्दा एपिएफ १६–० ले अघि रह्यो ।

६४औं मिनेटमा सावित्राले तेहोरो ह्याट्रिक पूरा गरिन् । ६५औं मिनेटमा अनुले गोल गर्दै एपिएफलाई १८–० ले अघि बढाइन् । ६७औं मिनेटमा अनिता गोल थप्दै ह्याट्रिक पूरा गरिन् । ७२औं मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दा टोलीलेको अग्रता २०–० को पुगेको थियो ।

७९औं मिनेटमा सावित्राले व्यक्तिगत ११औं गोल गर्दै एपिएफलाई २१–० ले अघि बढाइन् । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सावित्राले व्यक्तिगत १२औं गोल गर्दै एपिएफलाई २२–० को फराकिलो जित दिलाइन् । सावित्राले लिगमा २४ गोल गर्दै सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेकी छन् । उनलाई पछ्याइरहेको चन्द्रपुरकी रुथको ७ गोल रहेको छ ।

यो जितसँगै अपराजित रहेर एक गोल पनि नखाएको एपिएफको ६ खेलबाट १८ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ८ अंकले पछि पारेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top