१९ माघ, एजेन्सी ।
भारतमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको लागि ३५ हजार करोडको बजेट विनियोजन गरिएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२१÷२२ का लागि बजेट भाषणको क्रममा कोरोना खोपका लागि उक्त बजेट विनियोजन गरिएको बताएकी हुन्।
अर्थमन्त्री सीतारमणले उक्त बजेट सर्वसाधारणलाई कोभिड विरुद्धको खोपमा खर्चिने बताएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतमा करिब ८० करोड ब्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइनेछ । जस अनुसार करिब ५६ हजारदेखि ७२ हजार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । कोभिड विरुद्धको खोप लगाउँदा प्रतिब्यक्ति सात सयदेखि नौ सय भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ । उक्त बजेटबाट ३८ करोडदेखि ५० करोड ब्यक्तिलाई खोप पुग्नेछ ।
खोप भारतको स्वास्थ्य बजेट १३७ प्रतिशतले वृद्धि गरेको बताउनुभएको छ । जस बमोजिम स्वास्थ्य बजेट दुई दशमलब चार लाख करोड पुगेको छ ।
