प्रचण्ड-माधव पक्षको चेतावनी-आन्दोलनकारीमाथि कारबाही गर्नेलाई नोटिसमा राख्छाैँ

प्रचण्ड-माधव पक्षको चेतावनी-आन्दोलनकारीमाथि कारबाही गर्नेलाई नोटिसमा राख्छाैँ

१९ माघ, काठमाडौं ।

संसद विघटनको विरोधमा  आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ ।प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध सोमबार बानेश्वरमा विरोध कार्यक्रम सम्पन्न गरेर फर्कनेक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरीले कुटपिट गरेको भन्दै सो समूहले घटनाको निन्दा गरेको हो ।

प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको बताइएको छ। नेकपा प्रचण्ड-माधव समूहका नेता एवं नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक समेत रहेका योगेश भट्टराईले सोमबार जारी गरेको प्रेश नोटमा भनिएको छ, ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं । आन्दोलनकारीहरूमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितिले नोटिसमा राख्ने जानकारीसमेत गराउँदछौं।’

त्यस्तै नुवाकोटमा भएको प्रदर्शनमा पनि अनेरास्ववियूका सहसंयोजक विनोद कोइरालालगायतका आधा दर्जन विद्यार्थी गम्भीर घाइतेको भएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.