×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

किन खिर खान मान्दैनन् चेपाङ बालबालिका ?

२१ माघ २०७७

२१ माघ, चितवन ।

पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ ।

Advertisement

जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत परिचालन गर्ने गरिन्छ । स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूलको खोजीमा जाने गर्दछन् । ती बालबालिकालाई बीचैमा विद्यालय नछाडून् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजाको व्यवस्था गर्दै आएको छ । यसले गर्दा खाजाको लोभले विद्यार्थी बीचैमा कक्षा छाड्दैनन् ।

दिवा खाजामा विविधता दिन समयसमयमा खिरसमेत बनाइन्छ । चेपाङ बालबालिकाले खिर भने खान मान्दैनन् । कालिका आधारभूत विद्यालय निबुवाटार सिद्धिका प्रधानाध्यापक जीतबहादुर भट्टराई दिवा खाजामा खिर र जाउलो खान विद्यार्थीले रुचि नदेखाएको बताउँछन् ।

उनको विद्यालयमा भर्ना भएका विद्यार्थी १७४ जना छन् । नियमित विद्यालय हाजिर हुने विद्यार्थीको सङ्ख्या १४० जना रहेको छ । भट्टराईले भने, “घरमा खिरको स्वाद नलिएकाले विद्यालयमा पनि खान मान्दैनन् ।” खिर नचिनेकै कारण विद्यार्थीले नखाने गरेको उनको भनाइ छ ।
कालिका नगरपालिकाको चतुर्मुखी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर गुरुङ विद्यार्थीले जाउलो र खिर खाजामा राख्दा खासै चाख नदिएपछि त्यसको ठाउँमा मौसम अनुसारको फलफूल, दूध र चिउरा राखिएको बताउँछन् ।

कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले परिवारमा खिर खाने परिपाटी नहुँदा विद्यार्थीलाई दिवा खाजामा खिर खुवाउन नसकिएको बताउँछन् । यहाँ रहेका ३५ वटा विद्यालयमा एक हजार ७७८ जना चेपाङ समुदायका विद्यार्थीलाई खाजा खुवाइन्छ ।

नगरपालिकाले अहिले ती विद्यालयमा अध्ययन गर्ने चार हजार ६५९ जना विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । दिवा खाजामा उनीहरुलाई स्थानीय उत्पादनलाई जोड दिन भनिएको छ ।

विद्यालयले खाजामा खिर, चना, अण्डा, तरकारी चिउरा, हलुवा, मासु चिउरा, जाउलोलगायतका परिकार खुवाउने गरेका छन् । विद्यार्थीले दिवा खाजामा स्थानीय उत्पादन गरिएको तरकारी र चिउरा, चना, केराउको तरकारी र चिउरा, चना र अण्डा बढी रुचाउने गरेको उनले जानकारी दिए ।

खाजा मीठो हुँदा विद्यार्थी आउने र नमिठो हुँदा कम हुने गरेपछि विद्यार्थीलाई खाजा खाने समयमा मात्र जानकारी दिइने गरेको उनले बताए । कतिपय खाजा खानकै लागि मात्र भए पनि आउन थालेपछि विद्यार्थीलाई विद्यालय आउने बानी बसेको उनले जानकारी दिए ।

पुसदेखि असारसम्म दिवा खाजाका लागि नगरपालिकाले रु ८७ लाख २१ हजार बजेट विनियोजन गरेको छ । खाजाका लागि नगरपालिकाले परिकारसमेत तोकेको उनले बताए । उनले भने, “खाजा के खुवाउने भन्ने विषयमा हामीले तोकेका छौ । सोही अनुसार विद्यालयले खुवाउँछन् ।”

Advertisement

जिल्लाको कालिका नगरपालिकासँगै राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि चेपाङ समुदायको बसोबास रहेको छ । ग्रामीण क्षेत्रमा उब्जनी कम हुने भएकाले धेरैको परिवारमा आफ्नो उत्पादनले ६ महिना पनि धान्दैन । मेलापात र कन्दमूलले परिवार पाल्नुपर्ने बाध्यता रहेको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top