निर्वाचन हुने सम्भावना टर्दै

निर्वाचन हुने सम्भावना टर्दै

काठमाडौँ : नेकपाको आधिकारिकताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ । वैशाख १७ गते आउन ८५ दिन बाँकी रहेको छ ।

यति बेलासम्म निर्वाचनमा सहभागी हुने दलहरुलाई दल दर्ताका लागि आह्वान गरिसक्नुपर्ने थियो । विगतमा २०६४ चैतमा संविधानसभाको पहिलो निर्वाचन हुँदा जेठ असारतिरै दल दर्ता आह्वान गरिएको थियो । २०७० मा मंसिरमा भएको निर्वाचनका लागि बैशाखमै निर्वाचनमा भाग लिने राजनीतिक दलहरुका लािग सूचना निकालेको थियो ।

निर्वानको तयारीतर्फ पूरै ध्यान केन्द्रीत गर्नुपर्ने बेला आयोग नेकपाको आधिकारिकताको विवाद टुंगो लगाउनुपर्ने अवस्थाले गर्दा तोकिएको मितिमा निर्वाचन हुनेमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले प्रश्न तेर्स्याएका छन् ।, यो समाचार आजको नेपाल समाचार पत्रमा छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.