म्यानमारमा सैन्य ’कू’ को विरोधमा आज पनि प्रदर्शन

२५ माघ, काठमाडौँ । म्यानमारमा भएको सैन्य ’कू’ को विरोधमा आज पनि प्रदर्शन भइरहेको छ ।

Advertisement

सैन्य ’कू’ को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ ।

Advertisement

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको सेनाले म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । सुकीको अवस्थाबारे अझैसम्म पनि केही जानकारी दिइएको छैन । सुकीको रिहाइका लागि विश्व समुदायले अपिल गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top