कांग्रेस नेता नेपाल सहकारी बैक दर्ताको प्रक्रियामा जुटे

२५ माघ ७७, सोमबार

२५ माघ, काठमाडौँ ।
राष्ट्रिय सहकारी बैकले मात्रै सहकारी संस्थाहरुमा वित्तिय लगायतका सेवा प्रवाह गर्न नसकेको भन्दै सरोकारवालाहरुले नेपाल सहकारी बैक दर्ताको प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना लगायत आवेदक संस्थाका प्रतिनिधिहरु आईतबार राष्ट्रिय सहकारी विभागमा सहकारी बैक स्थापनाको प्रस्ताव लिएर पुगेका हुन् ।

एक मात्रै सहकारी बैकले समग्र मुलुकभरका सहकारी संस्थालाई सेवा दिन नसक्ने भएकाले थप ५वटा सहकारी बैकको आवश्यकता रहेको विस्तृत अध्ययन प्रतिवेदन सहित उनीहरु सहकारी बैक दर्ताका लागि आवश्यक कागजात लिएर सहकारी बोर्ड पुगेका हुन् । तर विभागले बैक दर्ता बारे प्राप्त कागजात अध्ययन पछि मात्रै निर्णय दिने बताएको छ ।

विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारी ऐन २०७४ ले गरेको व्यवस्था अनुसार आवश्यक प्रमाण पुगेमा आफुहरुले दर्ता प्रक्रिया नरोक्ने बताए । उनले अध्ययन तथा अभिलेख प्रयोजनका लागि तत्काल बैक दर्ताको निवेदनलाई विभागले ग्रहण गरेको जानकारी दिए । उनले भने “हाम्रो काम रित पुर्वक निवेदन आयो आएन भन्ने हो । सहकारी विभागमा जनशक्ति घटेकोे छ । बन्द खाममा प्राप्त भएका विवरण अध्ययन गर्छौ । पुग अपुग विवरण बारे सूचित गर्नेछौ । यो सहकारी विभागको नोटिसमा आएको छ । अभिलेख प्रयोजनका लागि दर्ता गर्छौ । अनि यसको प्रोसेस बाँकी अगाडि बढ्छ ।”

Advertisement

प्रस्तावित वहुउद्देश्य नेपाल सहकारी बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले एक मात्रै सहकारी बैकले ३४ प्रतिशत सदस्यता र ६ प्रतिशत वित्तिय कारोबार मात्रै गरेकाले सम्पुर्ण सहकारी संस्थाको प्रवद्र्धन र वृद्धि विकास तथा आर्थिक कारोबार सञ्चालनका लागि थप ५ वटा यस्ता बैक आवश्यक पर्ने बताए । गत माघ देखि नै आफूहरुले राष्ट्रिय सहकारी बैक स्थापना गर्ने पहल गरेको उल्लेख गर्दै उनले सहकारी सस्थाहरुको प्रवद्र्धन,राष्ट्रिय उत्पादनमा वृद्धि तथा आयात प्रतिस्थापन गरी समग्र आर्थिक वृद्धिका लागि एक मात्रै सहकारी बैकबाट संभव नहुने बताए । उनले भने “नेपालमा सहकारी बैक कम्तिमा ५ वटा चाहिन्छ । सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेको छ । आर्थिक पिल्लरको रुपमा राष्ट्रिय सहकारी बैकले काम गर्नुपर्छ । त्यो एउटा मात्रै बैकले संभव छैन भन्ने कुरा अध्ययन प्रतिवेदन पनि देखाएको छ । ”

राष्ट्रिय सहकारी ऐन २०७४ को दफा १२ र १४ तथा नियमावलिको नियम ५ र ६ मा सहकारी बैकको स्थापना सम्बन्धी व्यवस्था छ । सो व्यवस्था अनुसार ५ सय सहकारी संस्था, शेयर पूँजी ३ अर्ब, संस्थागत पूँजी ५० करोड, आवेदक संस्थाहरु विगत ३ बर्ष देखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने उल्लेख छ । त्यसैगरी राष्ट्रिय सहकारी महासंघको रिफारिस सहित अनूसूची १ को ढाँचामा अनूसूची २ र ३ को विवरण भरेर सहकारी विभागमा निवेदन दिनुपर्ने व्यवस्था छ । साथै अन्य वित्तिय व्यवस्था खुल्ने विवरण पनि पेश गर्नुपर्ने प्रावधान छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top