कोरोनाको नयाँ प्रकारः दक्षिण अफ्रिकामा अक्सफोर्ड र एस्ट्राजेनेकाले आविष्कार गरेको खोप लगाउन रोक

२६ माघ, एजेन्सी । दक्षिण अफ्रिकाले अक्सफोर्ड र एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ ।

एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको ’निराशाजनक’ नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा स्वरूपबाट प्रभावित रहेको पाइएको छ ।

Advertisement

दुई हजारभन्दा धेरै मानिसमा गरिएको अध्ययनले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपको प्रभावकारिता नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको १० लाख डोज प्राप्त गरिसकेको थियो । खोप अभियान सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला प्रभावकारितामाथि प्रश्न उठेपछि खोप लगाउनै रोक लगाइएको हो ।

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रालयले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे अझ प्रतीक्षा गर्ने जनायो ।

Advertisement

अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेकाले गम्भीर लक्षणको जोखिममा रहेको जनसङ्ख्यालाई त्यसले प्रतिनिधित्व नगर्ने जनाइएको छ ।

अक्सफोर्डकी अग्रणी खोप विकासकर्ताहरुले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिएका छन् । खोप विकासकर्ताहरूले दक्षिण अफ्रिकाको देखिएको कोरोनाको नयाँ प्रकारविरुद्ध अहिलेको खोपमा परिमार्जन गर्न सक्ने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top