भारतसँगको पहिलो टेस्टमा इङ्ग्ल्याण्ड २२७ रनले विजयी

२७ माघ, एजेन्सी । भारतसँगको पहिलो टेस्ट इङ्ग्ल्याण्डले दुई सय २७ रनले जितेको छ । चेन्नईमा चार सय २० रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिन एक सय ९२ रन बनाउँदा अलआउट भएपछि इङ्ग्ल्याण्ड दुई सय २७ रनले विजयी भएको हो ।

भारतका लागि कप्तान विराट कोहलीले सबैभन्दा धेरै ७२ रन बनाए । रोहित शर्मा १२, शुभमन गिल ५०, चेतेश्वर पुजारा १५, ऋषभ पन्त ११, रविचन्द्रन अश्विन नौ, जसप्रीत बुमराह चार र इशान्त शर्मा पाँच रनमा आउट भए । अजिन्क्या रहाणे, वाशिङट्न सुन्दर र शवाज नदीमले खाता खोल्न सकेनन् ।

इङ्ग्ल्याण्डका ज्याक लिचले चार, जेम्स एण्डरसनले तीन तथा जोफ्रा आर्चर, डोम बेस र बेन स्टोक्सले एकरएक विकेट लिए ।

Advertisement

पहिलो पारीमा इङ्ग्ल्याण्डले पाँच सय ७८ रन बनाएको थियो भने भारत तीन सय ३७ रनमा अलआउट हुँदै दुई सय ४१ रनले पछि परेको थियो । दोस्रो पारीमा इङ्ग्ल्याण्ड एक सय ७८ रनमा अलआउट भएपछि भारतले चार सय २० रनको लक्ष्य पाएको थियो ।

यो जितसँगै चार खेलको टेस्ट शृङ्खलामा इङ्ग्ल्याण्डले एक–शून्यको अग्रता बनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top