अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र, पीसीआर परीक्षण शुल्क घट्याे

२८ माघ, काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि सरकारी अस्पताललाई मात्र कोरोना उपचार अस्पतालका रुपमा तोकिएको जनाएको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना सङ्क्रमितको उपचारका लागि आजदेखि लागु हुने गरी सरकारी अस्पतालहरूलाई मात्र कोरोना सङ्क्रमणको उपचार अस्पतालका रुपमा तोकी सेवा प्रवाहको व्यवस्था गरिएको जानकारी दिए।

Advertisement

उनले यस अघि कोभिड अस्पतालका रुपमा तोकिएका मेडिकल कलेजहरूमा आजसम्म भर्ना भई उपचाररत सङ्क्रमितहरूको आजका मितिले १० दिनसम्मको मात्र शोधभर्ना उपलब्ध गराइने जानकारी गराए।

यस्तै सरकारले सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क समेत घटाएको छ । पीसीआर परीक्षणको लागि प्रति परीक्षण १ हजार रुपैयाँ निर्धारण गरिएको प्रा. डा. गौतमले बताए ।

Advertisement

प्रा.डा. गौतमले कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो प्राथमिकताको खोप अभियान यही फागुन २ गते देखि सञ्चालन हुने जानकारी दिए । दोस्रो चरणको प्राथमिकतामा खोप प्राप्त गर्नेहरूको सूची मन्त्रालयको वेबसाइटमा राखिने समेत प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top