ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश

२९ माघ ७७, बिहीबार
Share this
757shares

विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ ।

Advertisement

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।

Advertisement

यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो ।, आजको राजधानी दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top