दाहाल–नेपाल सभाको तीन सन्देशः लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षा

२८ माघ ७७, बिहीबार

काठमाडौँ:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसद् विघटनमार्फत संविधानको हत्या गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई खतरामा पारेको आरोप लगाएको छ ।

बुधबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संविधान मिच्ने, लोकतन्त्रको हत्या गर्ने र जनअधिकार कुल्चनेलाई जनताले ललकार्ने बताउँदै ओली लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्रको भएको आरोप लगाएका हुन् । उनीहरूले विरोध सभामार्फत लोकतन्त्र, संविधान र स्वतन्त्रताको रक्षाका लागि आफूहरू सडकमा आएको जनाउ दिएका छन् । ‘यो कुनै पदको लडाइँ होइन, कसैलाई प्रधानमन्त्री बनाउने वा कुर्सीको लडाइँ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो, लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षाको लडाइँ हो’, दुवै अध्यक्षले भने ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको हत्या गरेको तथा प्रतिगमनमार्फत निरंकुश शासन गर्न खोजेको आरोप लगाउँदै दुवै अध्यक्षले ओली प्रवृत्ति कहाँबाट जन्म्यो, हुक्र्यो, त्यसबारे आत्मसमीक्षा गर्ने उद्घोष गरे । दुवै अध्यक्षले संसद् पुनस्र्थापनाको विकल्प नभएको र संसद् पुनस्र्थापना नभए नेपाली जनताले ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top