कांग्रेस नेता जोशीमाथि गरिएको कारबाही फिर्ताकाे सिफारिस

२९ माघ, दमौली ।

कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन जिल्ला कार्य समिति तनहुँले सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले केन्द्रमा कारबाही फूकुवाका लागि सिफारिस गरेको हो ।

पार्टी सभापति बैकुण्ठ न्यौपानेले भने,‘‘जोशी सरबाट कुनै निवेदन आएन । तर वडाबाट कारबाही फुकुवाका लागि सिफारिस आएकाले त्यसलाई केन्द्रमा पठाउने निर्णय गरेका हौं ।’

Advertisement

यसअघि जोशी पक्षका केही नेता र सभापति न्यौपानेबीच कुराकानी भएको चर्चा चलेको थियो । न्यौपानेले त्यसलाई स्वीकारे । ‘केही नेताहरुले पनि फिर्ताका लागि पहल होस् भनेर भन्नुभएको थियो,’ उनले भने, ‘पार्टी सभापतिको हैसियतले बदलिंदो परिस्थितिमा कारबाही फुकुवाका लागि सिफारिस हुनुपर्छ भन्ने लागेर सिफारिस गरेका हौैँ।’

भीष्मराज आङदेम्बे नेतृत्वको समितिले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै जोशीलाई अनुशासनको कारबाही गरेको थियो । जिल्ला कार्य समितिको सिफारिसका आधारमा केन्द्रले जोशीलाई पाँच वर्षसम्मका लागि सदस्यताबाट निष्कासनको निर्णय गरेको थियो । तर जोशीले आफू आधिकारिक उम्मेदवार पनि नरहेकाले कारबाहीको औचित्य नभएको जिकिर गर्दै आएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top