पुनः वर्षा र हिमपात हुँदै : फागुन मध्यसम्म यस वर्षको हिउँद

२८ माघ ७७, बिहीबार

यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म राम्ररी वर्षा र हिमपात नभए पनि हिउँद सकिनलाग्दा विगत केही दिनयता बदलीसँगै कतिपय ठाउँमा हल्का वर्षा र हिमपात देखिन थालेको छ ।

गएको साता देशको सुदूरपश्चिमदेखि पूर्वसम्म नै बदली भएर हल्का वर्षा र हिमाली भेगमा बाक्लो हिमपात भएको थियो । त्यस्तै मौसम दोहोरिँदै फेरि यस साता पनि झन्डै एक साता बदलीसँगै हल्का वर्षा र हिमपात हुने भएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “फागुन मध्यसम्म यस वर्षको हिउँद हो, यही अवधिमा मौसम बदली कायम रहेर वर्षा गराउँदै हिउँद बिदा हुने देखिएको छ ।” उनका अनुसार अहिले फेरि नेपालमा पश्चिमी वायु सक्रिय बनेको छ तर यसको प्रणाली त्यति बलियो नहुँदा भारी वर्षा र सोही आँकडामा हिमपात भने हुने छैन । अबको एकसाता बदली र हल्का वर्षासँगै यस वर्षको हिउँद सकिने तरखरमा लागेको मौसमविद् मानन्धरले बताइन् ।

Advertisement

आगामी तीन दिन तराईमा त्यति साह्रो मौसम बदली रहने छैन तर पहाडी र हिमाली भेगमा भने हिमपात र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना उनले औँल्याइन् । त्यसका कारण बढ्दै गएको तापक्रम फेरि चिसोतिर परिणत हुनेछ । न्यूनतम तापक्रममा खासै कमी नआए पनि चिसो महसुस हुने उनले जानकारी दिइन् । बिहीबार दिउँसो घाम देखिए पनि अपराह्नदेखि बदली लागेर धुम्म बन्नेछ ।

केही दिन त्यस्तै अवस्था रहनाले मौसम चिसो हुने भएको हो । मौसमी विवरणअनुसार बागमती प्रदेशको काठमाडौँलगायत पहाडी भेगमा फाट्टफुट्ट वर्षा हुनेछ ।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top