नाइजेरियामा बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित

२३ जेठ ७५, बिहीबार

संयुक्त राष्ट्रसंघ, जेठ २४
नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेर लगेका छन् ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) केही हप्तामात्र दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट एक हजारभन्दा बढी बालबालिका अपहण गरी लगेको कुरा सार्वजनिक गरे लगत्तै बिहीबार यो समाचार आएको छ ।

लडाकूहरुले बालबालिकालाई लक्ष्य गरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेका जनाइएको छ । उनीहरुले आफ्नो विद्रोही दस्तामा जबर्जस्ती भर्ती गर्न यसरी बालबालिकालाई अपहरण गर्ने गर्दछन् ।

नाइजेरियाको उत्तर पूर्वी एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयबाट उनीहरुले ती बालबालिकालाई अपहरण गरी लगेको सुरक्षाकर्मीले जनाएका छन् ।

ती बालबालिकाको खोजीकार्य सुरु भएको छ । उनीहरुको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको यहाँको गृह प्रशासनले जानकारी दिएको छ ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा उनीहरुले १२ सयभन्दा बढी विद्यालयमा आक्रमण पनि गरेका छन् ।

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वव्यापीरुपमा त्यसको निन्दा भएको थियो । सरकारले ती बालबालिकाको खोजीका लागि निकै प्रयास ग¥यो तर पनि सबैलाई सकुशल मुक्त गर्न भने सकेन ।

बोको हराम आतङ्ककारी समूहले बालबालिकालाई यसरी अपहरण गरेपछि जबर्जस्ती सेनामा भर्ती गर्ने, यौन शोषण गर्नेजस्ता ज्यादति गर्ने गर्दछन् ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top