झाँक्री पक्राउ परेपछि बाबुरामले भने- सरकारको काल आएकै हो ?

झाँक्री पक्राउ परेपछि बाबुरामले भने- सरकारको काल आएकै हो ?

२९ माघ, काठमाडौँ ।

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पक्राउ परेकाेमा विरोध जनाएका छन्। राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्विटरमार्फत सरकारको विरोध गरेका छन् ।

संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईको आरोप छ । भट्टराईले लेखेका छन्- ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेत्री झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो ।  झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।झाँक्री पक्राउ परेपछि प्रचण्ड-माधव पक्षीय नेकपासहित सबै दलले सरकारको विरोध गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.