सेयर बजार सुधारको माग गर्दै आमरण अनसन

२ फागुन, काठमाडौँ । पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् ।

पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गरेका छन् ।

आइतबार विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि कोइराला अनसन बसेका छन् । पछिल्लो समय बजार सुधारका लागि आवश्यक कामहरु नगरेका कारण जोखिम बढेको उनले बढाए । जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको अनसनरत कोइरालाले जानकारी दिए ।

Advertisement

‘अहिले खासगरी १८ वटा कामहरु गर्नुपर्ने छ, ति कामहरु १ वर्ष अगाडि नै गर्नु पर्ने थियो गरिएन’ कोइरालाले भने, ‘यी काम नहुँदा सेयर बजारमा रिस्क बढेको छ जसले बजार विकास अवरुद्ध भएको छ, यो नै हाम्रो एक शुत्रीय माग हो ।’ सरकारी पक्षबाट यी मागहरु पुरा नभएसम्म आफ्नो अनसन जारी रहने उनले बताए ।

कोइराला यस अघि पनि पुँजी बजार सुधार र विस्तारका लागि भन्दै आमरण अनसन बसेका थिए । डेढ वर्ष पहिले लगानीकर्ताहरु आन्दोलित भए पछि मुद्रा तथा पुँजी बजारको विषयमा अध्ययन गर्न भन्दैअर्थमन्त्रालयले एउटा कार्यदल बनाएको थियो ।

उक्त कार्यदलले दिएका सुझावहरु मध्ये पुरा गर्नै पर्ने १८ वटा कामहरु पुरा नगरिएकाले अनसन बस्नु परेको कोइराला बताउँछन् । १८ बुँदामा पहिलो ब्रोकर कम्पनीहरुको सञ्चालन तथा इजाजत नीतिमा पुनरावलोकन हुनु पर्ने, वाणिज्य बैंकहरुलाई मापदण्ड पुरा गरी ब्रोकर लाइसेन्स दिनु पर्ने, ब्रोकर कम्पनीहरु गाभ्ने गाभिने स्म्बन्धी नीतिगत व्यवस्था हुनुपर्ने, ब्रोकर कम्पनीहरुलाई मार्जिन कर्जा कारोबार गर्न इजाजत दिनु पर्ने लगायतका विषयहरु रहेका छन् ।

यसैगरी नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकाय स्थापना गर्नुपर्ने, नेप्समो रहेको सरकार र राष्ट्र बैंकको सेयर बिक्री गरी नप्सेको पुनरसंरचना गर्नु लगायतका विषयहरु रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top