रसुवागढीबाट हुने आयात पुनः प्रभावित

रसुवागढीबाट हुने आयात पुनः प्रभावित

२ फागुन, काठमाडौँ । चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात पुनः प्रभावित भएको छ ।

कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सिमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।

चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको रेग्मीले बताए । ‘ल्होसार मनाउन चिनियाँहरु आफ्नै घर फर्केका र आउन त्यतीका समय लाग्न सक्ने जानकारी भन्सार अधिकारीले गराएका छन्,’ उनले भने ।

कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

दैनिका पाँच वटा चिनियाँ कन्टेनरले नेपालतर्फ यार्डमा सामान ल्याईदिनेगरी नाका खुलेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.