२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।