तिलोत्तमाका मेयर र उपमेयर प्रचण्ड-नेपाल समूह परित्याग गरि ओलीतिर

२ फागुन, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड-नेपाल समूह परित्याग गरेका छन्।

यसअघि नेकपा नेता घनश्याम भुसालका अत्यन्तनिकट रहेका घिमिरे र चौधरी नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहमा सक्रिय थिए।

प्रचण्ड-नेपाल समूहका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए। घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए।

Advertisement

घनश्याम भुसालको गृहनगरसमेत रहेको तिलोत्तमाका अधिकांश जनप्रतिनिधिले भुसालकै साथ छोडेपछि रुपन्देहीमा उक्त समूहमा व्यापक हलचल पैदा भएको छ।

नेकपा महासचिव बिष्णु पौडेलले आइतबार बिहान एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गरेका छन्।

Advertisement

घिमिरेका प्रेस सल्लाहकार बिपी गौतमले पनि नगरप्रमुख र उपप्रमुखसगै अधिकांश कार्यपालिका सदस्यहरू ओली समूहमै रहेको बताए।

बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए।

घिमिरेको समूह परिवर्तनसँगै रुपन्देहीको राजनीतिमा नयाँ तरंग आएको छ।

बुटवलमा सम्पन्न नेकपा जनसभालाई सम्बोधन गर्न शुक्रबार बुटवल आएका पौडेल शनिबार नै काठमाडौ फर्किने कार्यतालिका रहेको भए पनि घिमिरे र चौधरीसँगको छलफल र भेटघाटका लागि रोकिएर आइतबारमात्रै काठमाडौं फर्किएका छन्।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top