म्यानमारमा सैन्य ’कू’ को विरोधमा नवौँ दिन पनि प्रदर्शन जारी

२ फागुन, एजेन्सी । म्यानमारमा भएको सैन्य ’कू’ को विरोधमा नवौँ दिन पनि प्रदर्शन भइरहेको छ ।

विभिन्न सहरमा भइरहेको प्रदर्शनमा हजारौँ नागरिक सहभागी भएको बीबीसीले जनाएको छ । उनीहरुले म्यानमारमा लोकतन्त्र कायम राख्न माग गरिरहेका छन् र चाँडो भन्दा चाँडो नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी रिहा भएको हेर्न चाहिरहेका छन् ।

म्यानमारको सबैभन्दा ठूलो सहर यङ्गोनमा इञ्जिनियरका विद्यार्थीहरुले सेतो कपडा लगाएर प्रदर्शन गरेका छन् । उनीहरुले हातमा नेतृ सुकीको समर्थनमा नारा लेखिएका पोस्टर लिएका थिए ।

Advertisement

गएको १ फेब्रुअरीमा म्यानमारको सेनाले ’कू’ गर्दै शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गर्दै लोकतान्त्रिक पद्धतिबाट चुनिएका नेताहरुलाई हिरासतमा लिएको थियो । जसमा नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत छन् ।

सैन्य ’कू’ को विरोधमा भएको आन्दोलनमा अहिलेसम्म झण्डै चार सय प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।

Advertisement

म्यानमारको सबै सहरमा प्रहरी र सेनाको वाहनले गस्ती गरिरहेको छ । नागरिकमा सैन्य कारबाहीको डर पनि छ तर यी सबैका बीच प्रदर्शन रोकिएको छैन ।

यङ्गोनमा भएको एक प्रदर्शनमा नागरिकहरुले ‘रातमा नागरिकलाई पक्राउ गर्न बन्द गर’ भन्दै नारा लगाएका छन् ।

यसअघि म्यानमारको सेनाले २३ हजारभन्दा धेरै कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो । यसलाई लिएर आफ्ना प्रदर्शनमा अनुशासन भङ्ग हुने हो कि भन्ने स्थानीयमा डर छ ।

म्यानमारको भएको सैन्य ’कू’ को विरोधमा विभिन्न देशले कडा निन्दा गर्दै लोकतन्त्रको पुनस्र्थापना हुनुपर्ने बताइसकेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top