कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्‍याएर बेचबिखन

३ फागुन, काठमाडौँ । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजुरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो ।

Advertisement

कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।

सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएको अनुसन्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आइ जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताएकी छन् ।

Advertisement

त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल भएकी थिइन् । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top