ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेः प्रचण्ड

ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेः प्रचण्ड

३ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्च¥याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको छ । त्यसको केही अर्थ छैन, कुनै महत्व छैन,’ प्रचण्डले भने ।

संसद विघटनलाई प्रतिगमन भन्दै उनले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको टिप्पणी गरे । ‘जतिबेला प्रतिगमनको बाटो पक्डिनुभयो, प्रतिक्रासिन्तको बाटो पक्डिनुभयो, उहाँ हारिसक्नुभएको छ, उहाँले मतमा पनि हार्नुहुन्छ, ब्यवहारमा पनि हार्नुहुन्छ,’ प्रचण्डले भने ।

अहिले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी प्रधानमन्त्री ओलीले धरापमा पारेको भन्दै उनले भने ‘आम नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति, उहाँका विरुद्धमा छन् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.