पुनर्स्थापित संसदले नै देशलाई चुनावतर्फ लैजान्छः गगन थापा

३ फागुन ७७, सोमबार
Share this
778shares

३ फागुन, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव हुन्छ कि हुँदैन भनेर कांग्रेस अलमलमा पर्न नहुने बताएका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पुनर्स्थापित संसदले नै देशलाई चुनावतर्फ लैजाने उनले बताए ।

आज चितवनमा आयोजित विरोध सभामा बोल्दै थापाले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरूरी छैन। पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो।’

Advertisement

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने थापाको भनाइ थियो।

उनले प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको पनि दाबी गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top