कोभिशिल्डलाई डब्ल्यूएचओले दियो आपतकालीन प्रयोगका लागि अनुमति

४ फागुन, एजेन्सी । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ ।

डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर कोभिशिल्डसहित दुई वटा खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरेको बताएको छ ।

Advertisement

डब्लुएचओले सूचीकृत गरेका खोप कोभ्याक्स सुविधामार्फत् वितरण गर्न योग्य हुन्छन् । कोभ्याक्स अन्तर्गत नेपालले यही महिनामा साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने सरकारले जनाएको छ ।

कोभिशिल्डको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने डब्ल्यूएचओले जनाएको छ । कोभ्याक्स सुविधाको खोपलाई समेत लक्षित गरेर सरकारले आउँदो २३ गतेबाट ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्ने तयारी गरेको छ ।

Advertisement

डब्ल्यूएचओले यसअघि नै फाइजर–बायोएनटेक खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top