नेपाल र चीन नाका: सञ्चालनमा आउनुपर्ने ६ वटा, २ वटा पनि खुल्दै-बन्द हुँदै

५ फागुन ७७, बुधबार

काठमाडाैँ: नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।

Advertisement

दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो। त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ मा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव प्रकाश दाहालले उक्त सम्झौताअनुसार ६ नाकामार्फत नेपालले चीनसँग आयातनिर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको बताए। तर, सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार गरिँदै आएको छ।

यी नाकाबाट नेपालले चाहेअनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने हुन सकेको छैन। ‘हामीले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएका छौं’, मन्त्रालयकै अर्का उच्च अधिकारीले भने, ‘तर, लामो समयदेखि तातोपानी र रसुवा नाका व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन्। यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुन आवश्यक छैन।’

Advertisement

ती अधिकारीका अनुसार नाका सञ्चालन गर्न सरकारको पहल नपुगेको र चीनले पनि चासो देखाएको छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top