अनलाइनबाट पुनः श्रम स्वीकृति लिने बढे, डेढ महिनामा २५ सयले लिए

५ फागुन ७७, बुधबार
Share this
690shares

काठमाडौँ : वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको छ ।

Advertisement

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यही २०२१ जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने सरकारले व्यावस्था गरेको थियो । कार्यान्वयन भएको हाल डेढ महिनाको अवधिमा २५ सयको हाराहारीमा अनलाइनबाट नेपाल सहित देशमा विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक दहाल बताउनुहुन्छ ।

Advertisement

यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । कार्यालयमा आएर पनि श्रम स्वीकृति लिन आउनेक्रम पनि जारी रहेको विभागको भनाई छ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top