भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

४ फागुन ७७, बुधबार

बैतडी: १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकैपरि वार का टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् ।

जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओ छ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका तीन जना टुहुरा दलित बालिकाको हो ।

विपन्न दलित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । बुबा शालिभान नेपालीको उपचार अभावमा तीन वर्षअघि मृत्यु भयो । रो गी आमा अन्नपात माग्दै गाउँ डुल्न जान्छिन् । गाउँमा अन्नपात माग्न गएकी आमा फर्किन ढिलो भएपछि पाँच वर्षीया कान्छी छोरी र मिलाले भोक थाम्न नसक्दा माटो खाने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।

Advertisement

दलित भएकै कारण अन्य समुदायका मानिसले बालिकालाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । कहिले काहीँ एक÷दुई गाँस खान दिए पनि सहारा दिन चाहिँ कोही अघि सरेका छैनन् ।

पोहोर साल फुसले छाएको घर भत्केपछि आफ्नै पहलमा मर्मत गरि दिएको स्थानीय गोरे बोहराले बताए । कपडा सिलाएर बालबच्चा पाल्दै आएका शालिभानको मृत्युपछि परिवारको बिचल्ली भएको बोहरा बताउँछन् । जग्गा जमिन केही छैन । आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाहीँ छाक टार्ने गरेका छन् । उनी पनि काम गर्न सक्ने अवस्थामा छैनन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top