हलेसी तुवाचुङमा उज्यालो नगर बनाउने अभियान

४ फागुन ७७, बुधबार

५ फागुन, खोटाङ ।
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ ।

करिब ६०० घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि मङ्गलबार औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो ।

नगरपालिकाको उज्यालो वडा अभियानअन्तर्गत धितुङको बखुवामा कार्यक्रमको आयोजना गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बिजुली बत्तीको स्वीचअन गरेर उज्यालो वडा घोषणा गरेका हुन् ।

Advertisement

नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा उज्यालो वडा बनाइएको वडाध्यक्ष पृथीराज राईले बताए ।

धितुङमा वर्षौँपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि अँध्यारोमा बस्दै आएका धितुङवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि लेखपढ र कुटानी पिसानी गर्न, इमेल इन्टरनेट र कम्प्युटर चलाउन तथा टेलिभिजन हेर्न पाएका छन् ।

Advertisement

नगरपालिकाले दुई महिनापछि दुर्छिम र च्यास्मिटारलाई उज्यालो वडा घोषणा गर्ने तयारी गरेको जनाइएको छ । डिकुवा र बाहनीडाँडामा विद्युत् विस्तारको काम युद्धस्तरमा भइरहेको र अन्य वडालाई यसअघि नै उज्यालो वडा घोषणा गरिसकिएको छ ।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई उज्यालो नगर बनाउन स्थानीयवासीसमेत सक्रिय बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं ३ च्यास्मिटारमा पोल गाड्ने र तार टाँग्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

त्रिधार्मिकस्थल हलेसी बजार क्षेत्रमा यसअघि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेको उक्त नगरपालिकालाई उज्यालो नगर बनाउन विद्युत् प्राधिकरणले समेत पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।

उज्यालो स्थानीय तह बनाउने राज्यको नीतिअनुसार रावाबेँसी गाउँपालिकामा विस्तार शुरु गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्को काम अन्तिम चरणमा पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारसँगै काठेपोलमुक्त नगर बनाउने अभियान शुरु गरेको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा अहिले फलामे पोल विस्तारको काम भइरहेको छ ।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top