भागरथी हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई म्याद थपका लागि अदालत लैगिंदै

५ फागुन, बैतडी। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।

जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप हुनेछ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार म्याद थप गरेपछि पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ । दिउँसो २ बजेका लागि पत्रकारहरुलाई बोलाइएको छ ।

यसअघि २१ माघमा सनातन माविको कक्षा १२ मा अध्ययरत विद्यार्थी भट्ट हराएकी थिइन् । खोजतलासका क्रममा भोलिपल्ट घर फर्किने बाटो छेउ जंगलमा उनको शव भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टम परीक्षणले उनको बलात्कारपछि हत्या भएको देखाएको थियो ।

दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top