नेपाल टेलिकमले सुरु गर्याे ‘एनटी च्याटबोट’ सेवा

५ फागुन ७७, बुधबार

५ फागुन, काठमाडौँ । नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ ।

Advertisement

टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रंजित लोहियाले टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरिएको बताए ।

Advertisement

कम्पनीको वेबसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्ने र त्यहिंबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिने पनि सह–प्रवक्ता लोहियाले बताए ।

च्याटबोटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ ।

Advertisement

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।

एनटी च्याटबोटको माध्यमबाट विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत/गुनासो गर्न समेत सकिने व्यवस्था समेत गरिएको छ ।

सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था समेत टेलिकमले गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top