पत्रकारले भने – पारिश्रमिक नै पत्रकारिताको चुनौती

४ फागुन ७७, बुधबार

५ फागुन, काठमाडौँ ।
पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा आएको पत्रकारहरुले बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु रहेपनि पत्रकारहरुले पाउने पारिश्रमिक नै प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका हुन् ।

पत्रकारहरुले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाएपनि ढिलो गरी पाउने भएकाले पत्रकारहरु समस्यामा पर्ने गरेको बताएका छन् । सुर्खेतबाट गोरखापत्र सम्वाददाता मुना हमालले मोफसलका मिडियामा पारिश्रमिककै अप्ठ्यारो रहेको बताइन् । न्यूनतम पारिश्रमिक नपाउने समस्यासँगै मिडियाले तोकेकै पारिश्रमिक पनि पाउने अवस्था नरहेको उनको भनाई छ । मिडिया हाउस मोटाउँदै जाने तर श्रमजिवी पत्रकारले चाहिं पारिश्रमिक नपाउने अवस्था रहेको उनको भनाई छ । महिला पत्रकारमाथि झनै पारिश्रमिक र जिम्मेवारीमा नै भेदभावपूर्ण व्यवहार हुने गरेको भन्दै उनले महिला पत्रकारहरु पत्रकारितामा टिकिरहन समस्या रहेको बताइन् ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीे कोभिड १९ पछि पत्रकारिताको अवस्था लथालिङ्ग भएको बताउँछन् । स्थानीयस्तरमा धेरै सञ्चारमाध्यमहरु खुलेका भएपनि स्थानीय सरकार पत्रकारमैत्री नुहुँदा चुनौतीहरु उत्पन्न हुने गरेको उनको भनाई छ । पत्रकारहरुको शान्ति सुरक्षाको समस्या पनि भयावह रुपमा बढेको उनले बताए ।

Advertisement

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले कोभिड–१९ को बाहानामा पत्रकारहरु जागिरबाट निस्किने तथा पारिश्रमिक नपाउने समस्या उत्पन्न भएको बताए । ठूला मिडिया हाउसहरु केवल व्यवसाय उन्मुख मात्रै भएको उनको भनाई छ । साना तथा स्वरोजगारमुखि मिडिया जीवन मरणको संकटमा रहेको अध्यक्ष बिडारीले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने खालका कानूनहरु नआउन् भन्ने तर्फ ध्यान दिनुपर्ने बताए । श्रमको मूल्य पाउने वातावरण बनाउनुपर्ने अर्को चुनौती रहेको उनको भनाई छ । कोभिड–१९ बाट थलिएका स्वरोजगारमुलक मिडियाको निरन्तरताको प्रबन्ध गर्नुपर्ने अवस्था रहेको दाहालले बताए ।

Advertisement

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रेम बिश्वकर्माले पत्रकारहरुले स्वतन्त्र रुपले लेख्न, बोल्न पाउने वातावरण बन्न नसकेको बताए । त्यस्तै पारिश्रमिक नपाउने, परिचयपत्र प्रदान तथा नविकरणका पनि समस्या रहेको उनको भनाई छ । विभिन्न राजनीतिक पार्टी तथा सरकारबाट धम्की आउने चुनौती रहेको उनले बताए ।

विश्वकर्माले स्वतन्त्र पत्रकारिताको निम्ति राज्य पनि जवाफदेहि हुनुपर्ने बताए । राज्यले भयरहित र स्वतन्त्र तरिकाले काम गर्ने वातावरण दिनुपर्ने उनको भनाई छ । मिडिया हाउसले पनि पत्रकारहरु आफुुहरुको खम्बा ठानेर सम्मान गर्नुपर्ने उनले बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top