ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्त्री ढकाल

५ फागुन ७७, बिहीबार

५ फागुन, झापा।

संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताएका छन् ।

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा उहाँले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए। “नेपाली भाषामा अग्रगमन भनेको अगाडि बढ्ने कुरा हो”, मन्त्री ढकालले भने, “जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो ।”

Advertisement

विघटन नभएका अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको उनले जिकिर गरे । सधैँका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको उनको भनाइ थियो ।

कार्यक्रमका अर्का वक्ता तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतले शुरुमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताए ।

Advertisement

नेकपा स्थायी समितिका सदस्य नेम्वाङले जनतामा जाने प्रधानमन्त्रीको घोषणालाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको उल्लेख गरे । उनले प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिह्न पाउने जिकिर गरे ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top