प्रधानमन्त्री र राष्ट्रपति संविधान ‘समाप्त’ गर्ने खेलमा : पूर्वराष्ट्रपति यादव

७ फागुन, जनकपुरधाम ।

Advertisement

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति संस्थाले संविधान मर्मको रक्षा गर्ने ठाउँमा असंवैधानिक ढंगले संसद विघटनको प्रस्तावलाई वैधानिकता दिएर राष्ट्रपति संस्थाको गरिमालाई धुमिल बनाएको आरोप लगाएका छन्।

धनुषाको जनकपुरधाममा डा. शोभाकर पराजुलीको समाजवाद र बीपी कोइराला तथा बीपी विचार संग्रहको पुस्तक लोकार्पण कार्यक्रममा बाेल्दै उनले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्ण रुपमा कुल्चिदै प्राप्त उपलब्धिलाई ग्रहण लगाउने काम भएको बताएका हुन्।

Advertisement

उनले लोकतन्त्र र संविधान समाप्त पार्न प्रधानमन्त्रीको भूमिकालाई राष्ट्रपति संस्थाले प्रत्यक्ष सहयोग गरेको बताए। उनले भने, ‘राष्ट्रपतिले संविधानको रक्षा गर्ने ठाउँमा समाप्त पार्न खोज्यो’, यादवले भने, ‘संसद पुर्नःस्थापना नभए देश कसरी अघि बढ्छ भन्नेकुरा कल्पना बहुत दुःखद छ।’

‘आफूलाई १४ वर्ष जेल बसेको भन्छ, तर जेल एकतन्त्रीय शासनको लागि बसेको हो। कि लोकतान्त्रिक शासन व्यवस्थाको लागि त्यो सम्झनु जरुरी छ,’ उनले भने। पूर्वराष्ट्रपति यादवले दुई संस्था मिलेर संसद र संविधान समाप्त पार्न खोजे पनि तेश्रो संस्था न्यायपालिकाप्रति विश्वास व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top