कांग्रेसले भन्याे – प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक

७ फागुन, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश २ काे प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिप्रति आपत्ति जनाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सरकारको यो शैलीले प्रदेश प्रमुखको गरिमा घटाउँदै जाने भन्दै आपत्ति जनाएका हुन्। कांग्रेसले निर्वाचन घोषणा भएको अवस्थामा बर्खास्ती र नियुक्तितर्फ सरकार लाग्नु गलत र आपत्तिजनक भएको जनाएको हो।

Advertisement

‘सरकारको सिफारिसमा २ नम्बर प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो। आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ।’

कांग्रेसले यस्ता कदम अविलम्ब रोक्न सरकारलाई चेतावनीसमेत दिएको छ। उसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम पश्चात काम चलाउ स्थितिमा पुगेको सरकारले नियुक्ति र बर्खास्ती गर्नु गलत भएको ठहर गरेको हो।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top