भटमास तेलले बढायो निर्यात

८ फागुन ७७, आइतबार

काठमाडौं : भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू. ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू. १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।

तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम तेल निर्यात गरेका थिए । तर पाम तेलको निकासीमा भारतले प्रतिबन्ध लगाएपछि तिनै उद्योगबाट भटमासको तेलको निर्यात शुरू गरेको विराटनगरका तेल व्यवसायी प्रदीप मुरारकाले बताए । ‘यहाँका तेल उद्योगहरूले विशेषगरी पाम तेल नै उत्पादन गरिरहेकोमा भारतले प्रतिबन्ध लगाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेका थिए,’ उनले भने, ‘तर पामपछि अलिअलि भटमासको तेलको माग रहेकाले उद्योगले भटमासको तेल उत्पादन शुरू गरेकोमा छोटो समयमा यसले राम्रो बजार लिएको छ ।’

व्यवसायीहरूले पामजस्तै कच्चा भटमास पनि अन्य मुलुकबाट आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन् । गत वर्षसम्म ८० प्रतिशत पाम तेल र बाँकी भटमासको तेल उत्पादन गर्ने उद्योगले अहिले ८० प्रतिशतभन्दा बढी भटमासको तेल उत्पादन गरिरहेको मुरारका बताउँछन् ।

यसबाहेक व्यवसायीहरूले सूर्यमुखीको तेलको पनि उत्पादन गरिरहेका छन् । पाम तेलको माग भारतमा मात्र रहेको तर भटमास र सूर्यमुखीको तेलको माग नेपालमा पनि उच्च रहेकाले यसको बजार राम्रो भएको उनको भनाइ छ ।

विभागका अनुसार अघिल्लो वर्ष सूर्यमुखीको तेल हजार लिटर मात्र निर्यात भएकोमा यस वर्ष १० हजार लिटर निर्यात भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top