पशुपतिनाथ मन्दिरमा जलहरी जडान सात दिनभित्रै

८ फागुन ७७, आइतबार

काठमाडौँ : पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । पाटनका कालिगढले एक सातादेखि जलहरी बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको कडा सुरक्षाबीच भइरहेको छ । एक साताभित्र जलहरी जडान हुनेछ ।

पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार जलहरी जडान गर्ने क्रममा शनिबार पशुपतिनाथका चारै मुहारका पुजारीले भइरहेको चाँदीको जलहरी फुकाइरहेका छन् । जलहरी र ज्योतिर्लिङ्गमा पुजारीले मात्र छुन पाउने विधान छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार पशुपतिनाथमा क्षमापूजा नगरी नयाँ धातु जडान कार्य गर्न नहुने भएकाले दक्षिण भारतबाट ४० जना पण्डित क्षमापूजाका लागि यहाँ आएका छन् । पण्डितहरूले शनिबारदेखि सात दिन निरन्तर क्षमापूजा गर्नेछन् । क्षमापूजाको एक विधि शनिबार सम्पन्न भएको छ ।

१०८ केजी सुनमा तामा तीन किलो र चाँदी एक किलो मिश्रण गरिने छ । डा. खतिवडाले पञ्चधातुसहितको जलहरी बनाउनुपर्ने विधानअनुसार यी धातु मिश्रण गरिएको बताउनुभयो । त्यसका लागि आवश्यक पर्ने सुन नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top