९ फागुन, एजेन्सी ।
रुसमा कुखुराबाट मानिसमा बर्डफ्लु सरेको घटना सार्वजनिक भएको छ।
गत डिसेम्बरमा रुसस्थित एक कुखुरा पोल्ट्री फार्ममा काम गर्ने ७ कामदारमा बर्डफ्लु पुष्टि भएको हो। त्यहाँ उपभोक्तको स्वास्थ्य हितमा काम गर्ने अन्न पोपोभाले ती सातै जना अहिले निको हुने क्रममा रहेको बताएकी छन्।
पोपोभाले मानिसबाट मानिसमा भने बर्डफ्लु सर्ने सम्भावना भने नदेखिएको बताएकी छन्। उनको अनुसार यो घटनाको जानकारी विश्व स्वास्थ्य संगठनलाई गराइसकिएको छ।