९ फागुन, काठमाडौँ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनस्र्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् ।
मोरङको सुन्दरहरैँचामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’, उनले थपे, ‘मैले गरेको विघटनलाई बदर ग¥यो भने आन्दोलन गर्छु रे ।’
संसद् पुनर्स्थापनाको विकल्प नभएको डा. कोइरालाको निष्कर्ष छ । उनले भने, ‘सर्वोच्चले कुन धारा टेकेर असंवैधानिक संसद् विघटनलाई सदर गर्दो रहेछ भनेर तीन करोड जनताले नियाली रहेका छन् किनभने संसद् पुनर्स्थापनाको अर्को विकल्प नै छैन ।’
सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको नेता कोइरालाको भनाइ छ । अधिनायकवादको परिणतिको रुपमा यो निर्देशिका आएको उनको निष्कर्ष छ ।