भारतमा महामारी तीव्र गतिमा फैलिँदै, महाराष्ट्रमा सार्वजनिक भेला हुन रोक

१० फागुन, एजेन्सी । कोरोना महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ गरिएको छ ।

महाराष्ट्रमा सार्वजनिक भेला गर्न रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गरेका हुन् । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उनले बताएका छन् ।

एक टेलिभिजन मार्फत नागरिकलाई सम्बोधन गर्दै उनले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको महामारी तीव्र गतिमा फैलिरहेकाले यो निर्णय गरिएको र यो निर्णयले कोरोनाको नयाँ लहर हो की होइन भने अबको ८ देखि १५ दिनभित्र थाहा हुने उनले बताए ।

Advertisement

लकडाउनले कोरोनाको समस्या समाधान हुन नसके पनि भाइरसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प भएको उनले बताए । मुख्यमन्त्री ठाकरेले कोरोना नियन्त्रणका लागि अपनाइएको सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र नगरे कारबाहीसमेत हुने बताएका छन् । कोरोना विरुद्धको लडाइँ जित्न मास्क नै उपयुक्त हतियार भएको पनि उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेपछि महाराष्ट्रको अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन गर्न लागिएको छ । लकडाउन मार्च महिनादेखि लागू हुनेछ । लकडाउन भए पनि अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । सङ्क्रमण बढ्दै गएपछि पूणेमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

Advertisement

भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार महाराष्ट्र, केरला, आन्ध्र प्रदेश, गोवा र चण्डीगढमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिले बढेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top