नेकपा प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो

१० फागुन, काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।

प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्टै जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।

Advertisement

पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।

काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन्।

Advertisement

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top