सरकारले आयोग र सर्वोच्चलाई कुनै दबाब दिँदैनः उपप्रधानमन्त्री पोखरेल

१० फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावसँग सम्बन्धित सबै पक्ष तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमवार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए ।

प्रतिनिधि सभा चुनाव निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँ कतै कोही–कोही व्यक्ति, पक्षहरूले चुनाव विरोधी कुरा गरे पनि ती सबै हास्यास्पद रहेको टिप्पणी उनले गरे ।

उनले थप्पे, ‘लोकतन्त्रमा विश्वास गर्ने, नागरिकको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हर कोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरू चुनावमा जाने कुरा, नागरिकबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे ।

Advertisement

अर्को एक प्रसङ्गमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे । प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे ।

सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाब नदिने प्रष्ट पार्दै उनले भने, ‘सरकारले कुनै दबाब दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top