पछिल्लो तीन महिनामा नेपालबाट ४० विदेशी नागरिक निष्कासित

१० फागुन, काठमाडौँ । पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।

यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागका अनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिक नागरिक नेपालबाट निकालिएका छन् ।
यो अवधिमा नेपालबाट १३ जना नागरिक ओभरस्टेको कसुरमा देश निकालामा परेका छन् । मानव बेचबिखन र संगठित अपराधमा संलग्न रहेका ३ जना चिनियाँ नागरिकलाई समेत नेपालले देश निकाला गरेको छ ।

अन्य विविध कसुरमा भने ३ जना चिनियाँ नागरिक निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ । यो अवधिमा ४ जना अमेरिकी नागरिक निष्काशनमा परेका छन् । जसमा ३ जना ओभरस्टेका कारण निकालिएका हुन् ।

Advertisement

एक जना भने लागुऔषधको कसुरमा निकालिएका छन् । अष्ट्रेलिया, यमन र पाकिस्तानका २र२ जना नागरिकलाई नेपालबाट निकालेको छ । फ्रान्सका दुई नागरिक समेत ओभरस्टेका कारण निकालिएका छन् ।

यो अवधिमा रोमानिया, मौरिसस, मलेसिया, भियतनाम, ब्राजिल, बंगलादेश, जोर्डन, कंगो र इस्टोनियाका एक एक जना नागरिक समेत नेपालबाट निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ । तीन महिनामा ओभरस्टेका कारणले मात्र २७ जना विदेशी नेपाल निकालामा परेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top