युथ कांग्रेसद्धारा सडकमा बसेर संविधान पाठ

९ फागुन ७७, सोमबार

१० फागुन, विराटनगर । युथ कांग्रेसमा आवद्ध युवाहरुले सोमबार विराटनगरको सडकमा बसेर संविधान पढेका छन् ।

युथ कांग्रेस मोरङको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडी भेला भएका युवाहरुले सरकारका कदम असंवैधानिक तथा अलोकतान्त्रिक भन्दै विरोध गरेका हुन् । विरोध प्रदर्शनमा सहभागी युथ कांग्रेसका प्रदेश १ संयोजक सविन दाहालले संविधानको रक्षाका लागि युवाहरु सडकमा उत्रिनुपरेको बताए । उनले सरकारलाई सच्चिएर संविधान रक्षाका लागि जुट्न आग्रह गरे । यस्तै युथ कांग्रेस मोरङका अध्यक्ष अभिषेक भट्टराईले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नुपरेको बताए ।

विरोध प्रदर्शनपछि युवाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक सहित ज्ञापनपत्र हस्तान्तरण गरे । संविधानको पुस्तक र ज्ञापनपत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले चाँढो प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा देशभर निरन्तर प्रदर्शन हुदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top