हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे देश सुन्दर हुन्छः कुलमान

१० फागुन ७७, मंगलबार

१० फागुन, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताएका छन् ।

Advertisement

सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा ३५÷४० अर्ब नाफामा ल्याएको बताए ।

पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरेपनि देश सुन्दर हुने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top