प्रचण्ड–माधव समूहले डाक्यो स्थायी कमिटी बैठक

१२ फागुन, काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले पनि स्थायी कमिटी बैठक बोलाएको छ । उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँ बोलाइएको हो ।

राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक दुई बजे बस्ने तय भएको हो । त्यसपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ । स्थायी कमिटी र संसदीय दल दुवै बैठकलाई अनौपचारिक भनिएको छ ।

संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आइपुगेका छन् ।

स्थायी कमिटी र संसदीय दलको बैठककै बीच काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रचण्ड र माधव नेपालले भेट्ने तयारी छ ।

Scroll to Top