भागरथी हत्या प्रकरणः आरोपी दिनेशमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप

भागरथी हत्या प्रकरणः आरोपी दिनेशमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप

१२ फागुन, काठमाडौँ । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ ।

अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको छ । हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको छ ।

भट्टलाई घटनास्थल आसपास देख्नेहरुको कागजी बयानदेखि फरेन्सिक जाँच पनि जारी छ । भागरथीको भेजाइनल स्वाब प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । उनको मोबाइलको समेत प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको छ ।

विद्यालयबाट २१ माघमा घर नफर्किएपछि भट्टको खोजी सुरु भएको थियो । भोलिपल्ट उनको शव सडकबाट ३० मिटर पर झाडीमा भेटिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.