सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, ६१८ मृतक थपिए

१२ फागुन, काठमाडौं ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या सच्याएको छ। मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ ।

कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र मन्त्रालयको विवरण फरक परेपछि छानबिन समिति गठन गरी अध्ययन गर्दा थप ६१८ जना संक्रमितको मृत्यु भएको पाइएपछि विवरण सच्याइएको हो।

Advertisement

गत २४ घण्टामा एक जना संक्रमितको मात्र मृत्यु भएको समेत मन्त्रालयले बताएको छ। नेपाली सेनाले शव व्यवस्थापनको क्रममा संकलन गरेको तथ्यांकलाई आधार मानी विवरण सच्याइएको हो। ‘यो तथ्यांक घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो,’ डा गौतमले भने, ‘नेपाली सेना र हाम्रो तथ्यांक नमिलेपछि अहिले मिलाइएको हो।’

योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २६८४ पुगेको छ। यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top