मस्तिष्कघात भएका जोशीको शल्यक्रिया गरियो, ४८ घन्टा निगरानीमा

१४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखियो।

Advertisement

उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पु¥याइएको थियो। त्यहाँबाट बिहान थापाथलीस्थित नर्भिक अस्पताल सारियो।

मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।

Advertisement

ब्रेन ह्यामरेज भएको र अवस्था चिन्ताजनक नै रहेको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए।

जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो।

Advertisement

नर्भिकमा डाक्टर राजीव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको स्वास्थ्य उपचार गरिरहेका छन्।

‘केस क्रिटिकल छ। ४८ घन्टा हेरौं। अहिले केही भन्न सकिन्न,’ निर्देशक सिंहले भने। नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top