समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपतिको आग्रह

१४ फागुन, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गरेकी छन्।

शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान समारोहमा उनले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण निधिले अगाँल्नुभएको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको उल्लेख गरिन् । निधि प्रतिष्ठाको योगदानको खाँचो औल्याउँदै राष्ट्रपति भण्डारीले भनिन्, “निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना हामी सबैमा रहोस् ।”

Advertisement

जनताको हकअधिकार स्थापना गर्न सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्नुभएका महेन्द्रनारायण निधिले प्राप्त प्रजातन्त्र र नागरिक अधिकारको संरक्षण एवं सम्वद्र्धनमा आफूलाई जीवनभर समर्पित गर्नुभएको बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “विचारअनुसारको व्यवहार र वचनअनुसारको कर्मका विशिष्ट उदाहरणका रूपमा रहनु भएका निधिबाट आजका र भावी पुस्ताले शिक्षा लिनुपर्छ ।”

Advertisement

राष्ट्रिय एकता एवं सामाजिक सद्भाव र सहिष्णुताको भावनालाई मजबुत बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुभएको भूमिका सधैँ उल्लेखनीय रहिरहने बताउँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय दृष्टिकोण बोक्नुभएका निधि आम नेपालीको नेता हुनुहुन्थ्यो भनिन् ।

सो अवसरमा २०७६ र २०७७ सालको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार क्रमशः वरिष्ठ पत्रकार होमनाथ दाहाल र साहित्यकार डा रामदयाल राकेश तथा प्रेमसागरीदेवी निधि पुरस्कार लोकतन्त्रका अभियन्ता काशीदेवी झा र सामाजिक अभियन्ता गिरिराजकुमारी (ज्ञानु) प्रसाईँलाई प्रदान गरियो । दुवै पुरस्कारका राशी जनही रु एक लाख छ । झा दुर्गानन्द झाकी धर्मपत्नी र प्रसाईँ समाजवादी चिन्तक सीके प्रसाईकी धर्मपत्नी छिन् ।

शान्ति, अहिंसा, समुदायका बीचमा सद्भावना, लोकतन्त्र र सामाजिक न्यायका लागि अथक अभियन्ता निधिको स्मृतिमा २०५८ सालमा स्थापित महेन्द्र नारायण निधिले २०७० सालदेखि ती दुई पुरस्कार प्रदान गर्दै आएको छ ।

सो अवसरमा नेपाली काँग्रेसका उपसभापति एवं निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले जनताको अपनत्व नभएसम्म परिवर्तनले स्थायित्व नपाउने भएकाले अहिलेको राजनीतिक विवादको निकास संसद्बाटै खोज्ने प्रयास गर्नुपर्छ भने ।

उनले शान्ति र अहिंसाभित्र लोकतन्त्र र मानव अधिकारलगायतका विषय समेटिने भएकाले जनताका बीचमा गएर स्व निधिले विभेद्विरुद्ध र समानताको पक्षमा काम गर्नुभएको योगदान सबैका लागि अनुकरणीय रहेको बताए।

पूर्वमुख्य सचिव एवं पुरस्कार छनोट समितिका संयोजक डा विमल कोइरालाले लोकतन्त्र, सामाजिक न्याय र समुदायबीचमा सद्भावका लागि अविचलितरुपमा अभियन्ताका रुपमा काम गर्ने स्व निधि निष्ठा र सरलताका प्रतिमूर्ति हुनुहुन्थ्यो भने ।

संस्थाका अध्यक्ष पुरुषोत्तम दाहालले सिद्धान्त र विचारमा अडिग व्यक्ति सधैँ अमर रहन्छ भन्ने उदाहरणका रुपमा मातृभूमिमै रही अहिंसात्मक ढङ्गबाट पनि परिवर्तनको सम्भव पुष्ट्याइ गर्ने स्व निधि अहिंसामा विश्वास गर्ने सबै नेपाली राजनीतिज्ञका प्रेरणाका स्रोत हुनुहुन्थ्यो भने ।

स्व निधिका छोरा प्राध्यापक नवेन्द्र निधि, पुरस्कृत व्यक्तित्व दाहाल र राकेशले गान्धीवादी स्व निधि शान्ति र अहिंसाका पुजारी मात्र होइन, शालीन व्यक्तित्वका रुपमा स्मरण गरे।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top